मसलन्द खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
मसलन्द खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मितिः २०७९÷०७÷१६
यस मदन भण्डारी मेमोरियल कलेज नयाँ बानेश्वर, काठमाडौँका लागि यस आ.व.मा आवश्यक पर्ने मसलन्द आपूर्तीका लागि योग्यता पुगेका फर्म वा कम्पनीहरूबाट दरभाउपत्र आह्वान गरिन्छ । इच्छुक फर्म वा कम्पनीहरूले तपसिल बमोजिमको सर्तहरूको अधिनमा रही रितपूर्वकको दरभाउपत्र पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।
१) यो सूचना प्रकाशित मितिदेखि सातौँ दिनसम्म दरभाउपत्र फाराम यस कलेजको रिसेप्सनबाट प्राप्त गर्न सकिनेछ ।
२) खरिद गरिएको दरभाउपत्र फारामका महल स्पष्ट रुपमा भरी प्रत्येक पानामा सहीछाप गरी प्रथम पटक सूचना प्रकाशन भएको मितिदेखी दसौँ दिनको ५ बजेभित्र यस कलेजमा उपस्थित भई वा दरभाउपत्र र आवश्यक कागजपत्रको स्क्यान गरी info@mbmc.edu.np मा इमेल मार्फत पठाउनु पर्नेछ ।
३) दरभाउपत्रका साथ संलग्न गर्नुपर्ने कागजातहरू
क) कम्पनी ÷ फर्म दर्ताको प्रमाणपत्र (नविकरण भएको)
ख) स्थायी लेखा नम्बरको प्रमाणपत्र
ग) कर चुक्ताको प्रमाणपत्र
४) दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा विदा पछिको कार्यालय खुलेको दिन ४ बजे सम्ममा उक्त कार्य गर्न सकिनेछ ।
५) रित नपुगेका र म्याद नाघी आएका दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
६) प्राप्त दरभाउपत्रस्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहेनछ ।
७) अन्य कार्यविधि मदन भण्डारी मेमोरियल कलेज तथा नेपाल सरकारको आर्थिक प्रशासन सम्बन्धि ऐन तथा नियमावलि अनुसार हुनेछ ।
८) थप जानकारिका लागि ०१–५१७२१७५ वा कलेजमा सम्पर्क गर्न सकिनेछ ।
दरभाउपत्रका लागि आवश्यक सामग्रीहरूको सूची : Click Here to Download