Essay Competition 2077
विषय: निबन्ध प्रतियोगिता बारे ।
मदन भण्डारी फाउण्डेशनले संविधान दिवसको अवसरमा देशव्यापी खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछु । फाउण्डेशन जबजका प्रणेता जननेता मदन भण्डारी र जननिर्वाचित संसदबाट अनुमोदित संविधानको सम्बन्धलाई उजागर गर्नका लागि देशव्यापी रुपमा “नेपालको संविधान र जननेता मदन भण्डारी” विषयक खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गरिएको हो । उक्त निबन्ध प्रतियोगितामा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई सहभागि हुन/गराउन हार्दिक अनुरोध गरिन्छ ।
निबन्ध २५०० शब्दमा नबढाई लेख्नु पर्ने छ र असोज १५ गते राती १२ बजे भित्र फाउण्डेशन केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ । प्रतियोगितामा आएका उत्कृष्ट १० निबन्धहरु पुस्तक/पुस्तीकाका रुपमा प्रकाशन गरिने छ । प्रतियोगितामा सहभागिहरु मध्ये उत्कृष्ट तिन जनालाई नगद पुरस्कार प्रदान गरिने छ ।
निबन्ध पठाउने ठेगाना
ई–मेल: mbfnepal@gmail.com
पुरस्कार राशी
प्रथम: १५,०००/–
दोस्रो: १०,०००/–
तेस्रो: ५,०००/–
निबन्ध पठाउनु पर्ने अन्तिम मिती
२०७७ असोज १५
सम्पर्क
श्री दिपक निरौला, सदस्य, केन्द्रीय कमिटी, मदन भण्डारी फाउण्डेशन: ९८५११४०१२३